कुटपिटबाट महेशको ज्यान गयो

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो ।

मृतकमाथि सोही गाउँमा गएराति कुटपिट भएको बताइएको छ । कुटपिटपछि घर गएर सुतेका राना विहान अचेत जस्तो देखिएपछि परिवारले अस्पताल पुर्‍याउँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

Dengue

उहाँका अनुसार कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिला पुरुष गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैगरी, कुटपिट भएको घरलाई सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

राति अर्काको घरमा गएको रानामाथि के कति कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताउनुभयो । उहाँले अनुसन्धानपछिमात्रै घटनाबारे सबैकुरा यकिन थाहा हुने उल्लेख गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार