एलिना प्रकरणमा समीक्षाको प्रतिक्रियाः ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला’

कैलाली : यही फागुन २० गते पर्वतको कुश्मामा आयोजित महोत्सवमा सांगीतिक प्रस्तुतिका क्रममा गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीच भनाभन भएको विषयमा पक्ष विपक्षमा मत जाहेर गर्ने क्रम जारी छ।

जब महोत्सवको स्टेजमै टेक्निसियनसँग एलिनाको भनाभन भयो (भिडिओसहित)तर गायिका समीक्षा अधिकारीले मध्यस्थकर्ताका रूपमा प्रतिक्रिया दिएकी छन्।गायिका अधिकारीले प्राविधिक र कलाकार एकअर्काका परिपूरक भएको उल्लेख गर्दै दुवै पक्ष मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएकी छन्।

Seti Hospital

‘प्राविधिक र कलाकार नङ र मासुजस्तै हौँ’, समीक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एउटालाई काटे अर्कोलाई दुख्छ, हामी सबै संगीतकर्ममा छौँ। दुवै पक्षले आत्मालोचना गरेर अघि बढ्नु नै महानता हो।’

आत्मालोचना गर्दै एलिनाले भनिन्– आवश्यक्ताभन्दा बढी प्रतिकारात्मक भएँ
उनले उक्त घटनालाई नारायण गोपालको स्वरमा रहेको गीत ‘गल्ती हजार हुन्छन्…’सँग तुलना गर्दै आफूलाई बलियो बनाउन गायिका एलिनालाई सुझाव पनि दिएकी छन्।

‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला। जस्तोसुकै परिस्थितिमा पनि होस नगुमाई हामी सबै अघि बढ्नु पर्दछ’, अधिकारीले लेखेकी छन्, ‘बि स्ट्रोङ एलिना चौहान दि।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार