जब प्रेमीले प्रेमिकालाई ट्रेनको लिकमा धकेले…

एजेन्सी : अमेरिकामा एक प्रेमीले आफ्नी प्रमिकालाई ट्रेनको लिकमा धकेलिदएका छन्। ट्रेनले किच्दा ती महिलाको दुवै खुट्टा  काटिएका छन्। 

गत शनिबार न्युयोर्कको ट्रेनको लिकमा धेकेलेको अभियोगमा प्रहरीले ३५ वर्षीय क्रिश्चियन वाल्डेजलाई पक्राउ गरेको छ। वाल्डेजविरुद्ध हत्याको प्रयास र हमलाको अभियोग लगाइएको छ।

न्यूयोर्कको म्यानहट्नमा फुल्टन स्ट्रीट स्टेशनमा वाल्डेजले लिकमा धकेलेका हुन्।  महिला र उनको प्रेमीले ट्रेन स्टेशनमै झगडा गरिरहेका थिए। विवाद बढ्पछि प्रेमीले प्रेमिकालाई ट्र्याकमा धकेलेको जनाइएको छ।

उनलाई फुल्टन स्ट्रिट स्टेशनको दक्षिणतर्फको ट्र्याकमा धकेल्दा ३ नम्बर ट्रेन नजिकै आइपुगेको थियो। त्यसपछि महिलालाई ट्रेनले ठक्कर दिएको थियो ।

महिलालाई गम्भीर अवस्थामा बेल्लेभ्यू अस्पताल लगिएको थियो। ट्रेनको ठक्करका कारण महिलाले आफ्ना दुवै खुट्टा गुमाएको अस्पातलले पुष्टि गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार