आज शेर्पा समुदायको ग्याल्पो ल्होसार

 काठमाडौं : आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी यो पर्व मनाइँदै छ ।

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो ।

Dengue

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो । विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धुमधामका साथ यो पर्व मनाउने गरिएको छ ।

प्रधानमन्त्रीको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

आज ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् ।

प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व ग्याल्पो ल्होसार भएको भन्दै प्रधानमन्त्री दाहालले ल्होसारले सबैमा आन्तरिक राष्ट्रियता, आपसी सद्भााव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार