क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

कैलाली : उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट) मा जाने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।

यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिएका छन् ।

Dengue

‘यो सुविधाले क्यान्सरसँग लडिरहनु भएका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनुहुनेछ । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं,’ विष्टको भनाइ छ ।

निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नु पर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र–परिचयपत्र उपलब्ध गराउनु हुने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा.निकिता कार्कीले जानकारी दिइन् ।

कार्कीले थप जानकारी दिँदै भनिन्– ‘विरामीहरुले डाक्टरको अप्वाइन्टमेन्ट लिनुहुँदा टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।’

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ ।

नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन २७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार