उच्च अदालत दीपायलका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर

डोटी : विशेष अदालतले उच्च अदालत दीपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाको इजलासले कटवाललाई भ्रष्टाचारी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा २०७९ भदौ  १६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

Dengue

उक्त मुद्दालाई अन्तिम किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ।  विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दीपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।

पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौता समेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।

सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दीपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भर्पाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाबकिताब मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, कीर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिने लगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार