२१ मिनेट काटियो ‘रङ्गेली’

काठमाडौँ : गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’ प्रदर्शनकै समय २१ मिनेट कटिएको छ । दर्शकले फिल्म लामो भएको प्रतिक्रिया दिएपछि फिल्म काटिएको हो ।

यसअघि २ घण्टा ५१ मिनेट लम्बाई रहेको फिल्म अब २ घण्टा ३० मिनेटको बनाइएको छ । दर्शकले फिल्म लामो महसुस गरेको कारण घटाइएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म २१ मिनेट काट्दा झन् राम्रो भएको निर्देशक सुवेदीको भनाई छ । २१ मिनेट काँटछाँट गरिएको फिल्म सोमबारबाट रिलिज हुनेछ ।

Dengue

सुवेदीको यो डेब्यु निर्देशन हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्ममा केमियो भूमिकामा अभिनेता आर्यन सिग्देल समेत देखिएका छन् । जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार