महिला मन्त्री चौधरी पक्का भएको अमेरिका भ्रमणमा किन गइनन् ?

काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् ।

संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । गत फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति समेत दिइसकेको थियो । तर, मन्त्री चौधरीको भ्रमण स्थगित भएको छ ।

Dengue

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ ।

मन्त्रीको भ्रमण रोकिएपछि, यसलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि चौधरीको भ्रमण स्थगित भएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार