एकैघरका सात भाइबहिनी सरकारी जागिरे, कान्छी बहिनी लोकसेवाको सात परीक्षामा उत्तिर्ण

काठमाडौं : रोल्पामा एकै परिवारका सात दाजुबहिनी सरकारी जागिरे छन् भन्दा अचम्म पर्नुहोला ।

वर्षाैं मेहनत गर्दा पनि लोकसेवामा नाम निकाल्न असफल हुनेहरुको लामो सूची होला तर रोल्पामा भने एकै परिवारका सात दाजुबहिनी सरकारी जागिरे छन् ।

Dengue

रोल्पाको परिवर्तन गाउँपालिका– ४ रोल्पाका एकै परिवारका सातै जना सरकारी जागिरे हुन् । बुवाआमा खेती किसानी गर्ने र सामान्य परिवारका उनीहरु कोहि करारमा त कोहि लोकसेवाबाट नाम निकालेर सरकारी जागिरमा छन् ।

६ दिदीबहिनी र १ छोरो स्थायी र करार गरी सबै सरकारी सेवामा आबद्ध छन् । ३ बहिनी र एक दाजु सरकारी स्थायी जागिरे छन् भने ३ बहिनी करारमा काम गरिरहेका छन् ।

घरकी कान्छी छोरी खुसी बुढामगरले त झन् एकै वर्ष लोकसेवाका ७ वटा परीक्षामा नाम निकालेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार