सर्लाहीमा ४ राउण्ड गोली सहित दुई जना पक्राउ 

सर्लाही : सर्लाही प्रहरीले ४ राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही बागमती नगरपालिका १० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुर बाट सोल्टी तर्फ आउदै गरेको बिआर ३० दव्लु ५८८३ नम्वरको मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा मोटर साईकलमा सवार एक जना व्यक्ति संग ४ राउण्ड अबैध गोली फेला परेको बताए । एसपी ज्ञवाली भने, मोटरसाईकल चालक जिल्ला सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउण्ड गोली बरामद भएको छ ।

SHIKHAR COOL TECH

प्रहरीले अनुसन्धान गर्ने क्रममा बागमती नगरपालिक ८ बस्ने वर्ष २४ को रंजित रामलाई समेत घरबाट पक्राउ गरि थप अनुसन्धान कार्य अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली किन, के कुन परियोजनमा ल्याए भने विषयमा प्रहरीले अनुसन्धान अगाडी वढाएको छ ।

पक्राउ परेकालाई म्याद थप गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सर्लाही प्रहरीले छोटो समयमै चोरीका ट्रक,लागुऔषध,भन्सार छली लगायत दजनौ अप्रेसन गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार