आफ्नो लिंगमा लागूऔषध कोकिन छर्किएर प्रेमिकाको हत्या

एजेन्सी : आफ्नो लिंगमा लागूऔषध कोकिन छर्किएर प्रेमिकाको हत्या गरेका एक जना शल्यचिकित्सकलाई प्रेमिकाका पति र छोरालाई क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । उनले आफ्नो लिंगका कोकिन छर्किएका कारण उनकी प्रेमिका कोकिनको ओभरडोज भएर मरेकी थिइन् । यो अपराधको लागि ४५ वर्षका डा. आन्द्रेस डेभिड निदरबिचलरलाई ९ वर्षको जेल सजाय सुनाइसकिएको छ ।

मेट्रोको रिपोर्टअनुसार उनकी प्रेमिका ३८ वर्षकी वोन्ने एम कोकिनको ओभरडोजका कारण मरेकी थिइन् । बिरामी भएर अस्पताल आउदाँ उनको डाक्टरसँग प्रेम सम्बनध बनेको थियो । घटनाका दिन उनी डाक्टरसँग मुखमैथुन गर्दै थिइन् यही क्रममा उनी डाक्टरको जर्मनीको हल्बर्सटाड स्थित घरमा ढलेकी थिइन् ।

Dengue

उनको पछि अस्पतालमा मृत्यु भयो । ती डाक्टरले कोकिनको यस्तो किसिमको प्रयोग यो घटनापूर्व पनि गरेको पछि खुलासा भएको थियो । उनले २०१५ को सेप्टेम्बरदेखि २०१८ को फेब्रुअरीको बिचमा अन्य तीन महिलालाई पनि लागूऔषध दिएर यौन शोषण गरेका थिए ।

डा. निदरबिच्लरलाई जेल सजाय सुनाइएपछि वोन्नेको परिवारले अदालतमा अर्को मुद्दा हालेका थिए । म्याग्देबर्गले अहिले डाक्टरलाई दोषी ठहर गरेको छ र वोन्नेको परिवारलाई आर्थिक हर्जाना तिर्न आदेश दिएको छ । न्यायाधीश स्टेफी एवाल्डले डा. निदरबिच्लरलाई बोन्नेको अन्तिम संस्कारवापत ७ हजार ३३७ पाउण्ड (करिब १२ लाख रुपैयाँ) तथा बोन्नेका पति र छोरालाई जीवनयापन खर्चवापत जनही ८ हजार ५ सय ८१ पाउण्ड (करिब १४ लाख रुपैयाँ) गरी कूल ३९ लाख रुपैयाँ हर्जाना तिर्न आदेश दिएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित समाचार