रुखमा रहस्यमय जनावर देखेर सहरका सबै डराए, वास्तविकता खुलेपछि टाउको ठोके

एजेन्सी : पोल्याण्डमा एक रहस्यमय जनावरले मानिसहरुमा त्रास फैलायो । यो अनौठो र रहस्यमय जनावर एउटा रुखमा थियो । यो जनावरलाई देखेपछि त्यहाका मानिसहरु निकै डराए । २ दिनसम्म त्यहाँका मानिसहरुले त्यो जनावर घरभित्र पस्न सक्ने त्रासले घरको झ्याल पनि खोल्न हिम्मत गरेनन् । तर, जब यसको वास्तविकता खुल्यो त्यसपछि भने मानिसहरुले टाउको ठोके ।

युरो न्यूजमा प्रकाशित एक रिपोर्टअनुसार यो रहस्यमय जनावर भनिएको चीज खासमा क्रोसेन्ट थियो । क्रोसेन्ट एक प्रकारको पाउरोटी हो । पोल्याण्डको क्राको सहरमा यो रहस्यमय जनावर देखिएको भन्दै पशु कल्याण अधिकारीहरुलाई बोलाइएको थियो ।

Dengue

यो कथित जनावरलाई सबैभन्दा पहिले एक महिलाले देखेकी थिइन् । त्यसलगत्तै पूरै क्षेत्रमा त्रास फैलियो तर जब त्यसको वास्तविकता खुल्यो, मानिसहरु हाँस्न थाले । क्राको एनिमल वेलफेयर सोसाइटीले यो घटनाबारे जानकारी दिँदै यो कुनै अप्रिल फुल जोक नभएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

13%

अचम्मित

50%

उत्साहित

13%

आक्रोशित

सम्बन्धित समाचार