‘रंगेली २’ मा आर्यन सिग्देल ग्याङस्टर भूमिकामा देखिँदै

काठमाडौं : ‘रंगेली’को दोस्रो श्रृंखलाको शीर्षमध्येको एक भूमिकामा आर्यन सिग्देल देखिने भएका छन् । ‘रंगेली’को इन्डिङमा उनको अप्रत्याशित एन्ट्री भएको छ । चरित्र चित्रण हेर्दा फिल्ममा सिग्देल भिलेनको भूमिकामा देखिनेछन् ।

दाजुको हत्याको बदला लिन उनको पात्रको प्रवेश भएको बुझ्न सकिन्छ । उनी ग्याङस्टर लुक्समा देखिएका छन् । ‘रंगेली’को कथावस्तुअनुसार दयाहाङ राई र आर्यनले दोस्रो श्रृंखलामा निरन्तरता पाउनेछन् ।

Dengue

निर्देशक तथा पटकथा लेखक अर्जुन सुवेदीले दोस्रो श्रृंखला जतिसक्दो चाँडो निर्माण हुने बताए । ‘रंगेली’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार