बाजुरा : बाजुरामा शिवरात्रीको दिन भाङ खाएर नदिमा हाम फालेकी छिन । जिल्लाको त्रिवेणी नगरपालिका-२ कि जानकी न्यौपानेले बुढिगङ्गा नदिमा हामफालेकी हुन ।
उनले आफ्नो फेसबुक पोस्टमा झुक्याएर भाङ खुवाएपछी सहन नसकेर नदिमा हाम फालेको उल्लेख गरिकी छिन । साथै आफ्नो मृत्यु र परिवारको जिम्मेवारी भाङ खुवाउनेले लिनुपर्ने लेखेकी छिन् ।
जानकीको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
मृतक महिला गाउँ सिम्लाबाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ । शुक्रबार महाशिवरात्रिका साथै नारी दिवस पनि परेको थियो । मृतक महिला उनको गाउँ सिम्लामा नै नारी दिवस मनाउने कार्यक्रममा समेत सहभागि भएको आफन्तले जनाएका छन् ।
शुक्रबार नै उनको घरमा छोराका विवाहको भोज समेत रहेका जनाएको छ । शनिबार विहान मर्नु अगाडि पारिवारका सदस्य सहितको फोटा पोस्ट्याउँदै उनले स्टाट्समा लेखिकी छन् ।
‘हिजो माहिला छोरोको पार्टी भयो । अनि दिउसो सबै इस्टमित्र नारी दिवस हेर्न गए र दिउसो नास्ता भनी भाङ पकौडा खुवायो । खुवाएपछि म धेरै पागल भएर सहन नसकी मौरेको पुलको बीचमा ठूलो ढँगा माथि मोवाइल छ । मैले भने नदिमा हामफाले । यो घरको जिम्मा भाङ खुवाउनेले लिनुपर्छ ।
प्रहरीले शनिबार विहान करिव ७ बजे तिर हाम फालेको दावी गरेको छ । उनले आफ्नो फेसबुकमा विहान ५ बजेको समयमा स्टाट्स पोष्ट गरेकी छन् ।
शुक्रबार राति घरमा नै रहेको हुँदा कति वेला मौरे पुगिन् भन्ने परिवारले आसंका व्यक्त गरेका छन । उनले लेखेको स्टाट्समा भने जस्तै प्रहरीले बुढीगंगाको ढुंगामा मोबाइल र चप्पल भेटाएको जनाएको छ ।
मृतक महिलाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी निरीक्षक भण्डारीले जनाएको छन । मृतक महिला सिम्लामा रहेको पार्वती माध्यमिक विद्यालयकी कर्मचारी समेत रहेकी थिईन् ।
उनका दुई छोरा र दुई छोरी गरी चार वटा सन्तान रहेका छन् । उनको श्रीमानको ५ बर्ष अगाडि मृत्यु भईसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्