सरकार र निजी क्षेत्र बीच सहकार्य नभए आर्थिक क्षेत्रले फड्को मार्दैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि रहेको बताए। उनले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताए। 

Seti Hospital

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उनको दावी थियो। उनले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताए।

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने पनि बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार