पाकिस्तानी राष्ट्रपतिमा अली जरदारी

इस्लामाबाद : पाकिस्तान पीपुल्स पार्टीका सह-अध्यक्ष आसिफ अली जरदारी राष्ट्रपति निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा दुवै सदनमा बहुमत प्राप्त गर्दै जरदारी १४ औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका हुन्। जरदारीले राष्ट्रपतिको चुनावमा अत्यधिक बहुमत पाएका हुन्। देशका चारमध्ये तीन प्रान्तका संसद् र व्यवस्थापिका दुवै सदनमा जरदारीले बहुमत ल्याएका हुन्।

Dengue

जरदारीले ११ ‍औँ राष्ट्रपतिका रूपमा सन् २००८-२०१३ सम्म सत्ता सम्हालेका थिए।

पत्नी तथा पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यापछि झण्डै एक दशक जेल जीवन बिताएका थिए।

जरदारीले ४११ मत पाउँदा उनका प्रतिद्वन्द्वी महमुद अचक जाईले १८१ मत पाएका थिए। पाकिस्तान पिपुल्स पार्टीका समर्थकहरूले निर्वाचनको नतिजा घोषणा हुनुअघि नै उत्सव मनाउन थालेका थिए। जरदारीका दुई छोरीले बाबुको जितमा पाकिस्तान पिपुल्स पार्टीलाई बधाई दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार