महिनावारी बन्द हुने सही उमेर कति हो ?

एजेन्सी : महिनावारी आफैमा कुनै समस्या होइन । यो महिलाहरुको जीवनको एकदमै जरुरी र महत्वपूर्ण हिस्सा हो ।

यसका बावजुद पनि महिनावारीको यो प्राकृतिक प्रक्रियाले आफूसँग धेरै समस्याहरु लिएर आउने गर्छ ।यस्तोमा बढ्दो उमेरसँगै महिलाहरुले प्रायः महिनावारी कहिले बन्द हुन्छ भनेर सोंच्ने गर्छन् ।

Dengue

यदी तपाईं पनि प्रश्नको उत्तर खोजिरहनु भएको छ भने आउनुहोस् जानौं आम रुपमा महिलाहरुको महिनावारी कुन उमेरमा बन्द हुन्छ ?यदी कोही महिलालाई लामो समयसम्म महिनावारी नभएर गर्भवती हुने सम्भावना कम भयो भने यस्तो स्थितिलाई मेनोपज भनिन्छ ।

महिनावारीको प्रक्रियामा हरेक महिलाहरुमा फरक फरक लक्षणहरु देखिने गर्छ । महिनावारी बन्द हुने स्थितिलाई मेनोपज भनिन्छ ।

मेनोपजको सही उमेर भन्ने हो भने ४५ देखि ५० वर्षको उमेरका बीचका महिलाहरुमा यसको शुरुआत हुन्छ । तर यो स्थिति हरेक शारीरिक अवस्था अनुसार फरक देखिने गर्छ । केही महिलाहरुमा यो उमेर भन्दा अगाडि पनि मेनोपज देखिने सक्छ र यो प्रक्रिया सकिन भने समय लाग्ने गर्छ ।

मेनोपजको प्रक्रिया चार वर्षदेखि लिएर १० वर्ष लामो पनि हुन सक्छ । यस्तोमा यदी तपाईंको महिनावारी रोकिएको छ भने चार वर्ष वा त्यो भन्दा अगाडि पुनः रक्तश्राव हुने सम्भावना रहिरहन्छ । यस्तो दश वर्षसम्म हुन सक्छ ।

मेनोपजको स्थितिमा विभिन्न लक्षणहरु देखिन्छन् । जस्तै रातमा धेरै पसिना आउनु, मुडमा परिवर्तन र चिडचिडापन, डिप्रेशन तथा तनाव बढ्ने, निद्रासँग जोडिएका समस्या, छाला रुखो हुने, पटकपटक पिसाब लाग्ने आदि जस्ता समस्याहरु हुन्छन् ।

मेनोपजको क्रममा धेरैजसो खुकुलो तथा सजिलो कपडाहरु लगाउनुपर्दछ । यस क्रममा महिलाहरुले अत्यधिक क्यालोरी लिनबाट पनि नियन्त्रण गर्नुपर्छ । महिलाहरुले स्वस्थ खानपान तथा जीवनशैली अपनाउनुपर्ने हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार