मोटी श्रीमती आफुमाथि चढ्दा श्रीमानको मृत्यु

एजेन्सी : मोटी श्रीमती आफूमाथि चढेर थिचेपछि एक श्रीमानको निसास्सिएर मृत्यु भएको छ । श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १ सय १ किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो । घटना रुसको साइबेरियाको हो । ती श्रीमती मदिराको नशामा रहेको समाचारमा जनाइएको छ । घटनामा बेला ती महिलाले अत्याधिक मदिरा पिएकी थिइन् र उनी आफ्ना श्रीमानलाई चुप गराउन चाहन्थिन् ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएर विवाद सुरु भएको थियो र विवाद विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती तात्याना ओ मदिराको नशामा थिइन् । श्रीमतीले श्रीमानलाई माफी माग्न भनिन् तर श्रीमानले माफी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् । रिपोटका अनुसार महिलाको तौल १०१ किलो थियो ।

Dengue

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन । यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् ।

महिलाले आफूले श्रीमानलाई मार्च नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थिइन् । सुरुमा महिलामाथि हत्याको अभियोगमा मुद्दा चलाइएको थियो । तर, सुनुवाइको क्रममा उनीमाथि लगाइएको हत्याको अभियोग हटाएर उनलाई लापरवाही गरेर मृत्युको कारण बनेको आरोपमा मुद्दा चलाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार