केही समय विश्वभर फेसबुक र इन्स्टाग्राम डाउन हुँदा जुकरबर्गले गुमाए पौने ४ खर्ब

काठमाडौं : मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति एकै दिन करिब तीन अर्ब डलरले घटेको छ । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार मङ्गलबार सामाजिक सञ्जालका प्रमुख प्लेटफर्म डाउन हुँदा जुकरबर्गको सम्पत्तिमा भारी गिरावट आएको हो । 

उनी अहिले १७६ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यहरूको शीर्ष चौंथो स्थानमा छन् । फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स करिब एक घण्टा डाउन हुँदा मेटाको शेयरमा १.६ प्रतिशतले गिरावट आएको थियो । जुकरबर्गको सम्पत्ति नै मेटाको शेयरको आधारमा घट्ने र बढ्ने हुँदा एकै दिनमा २.७ अर्ब डलर (तीन खर्ब ७० अर्ब रुपैयाँ बढी) ले घटेको ब्लुमबर्गले जनाएको छ । 

Dengue

मङ्गलबार राति सामाजिक सञ्जाल प्रयोगकर्ताले एक घण्टा मेटाका प्लेटफर्म प्रयोग गर्न पाएका थिएनन् । कतिपय प्रयोगकर्ताले मेटा क्वेस्ट डिभाइसमा पनि लगइन गर्न समस्या आएको गुनासो गरेका थिए । फेसबुक र इन्स्टाग्राममा भने अकाउन्ट आफैं लगआउट हुने, पेज रिफ्रेस नहुने, कमेन्ट नदेखिने लगायतका समस्या आएका थिए । 

पछि फेसबुकले समस्या समाधान भइसकेपछि प्रयोगकर्ताबाट क्षमा मागेको थियो । मेटाका प्लेटफर्म डाउन हुँदा प्रयोगकर्ता एक्समा पोस्ट गर्न थालेका थिए । एक्सका मालिक एलन मस्कले प्रयोगकर्ता एक्समा आउन थालेपछि आफ्नो सर्भरमा कुनै समस्या नआएको भन्दै मेटाको मजाक उडाएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार