अत्तरिया आउँदै गरेको इलेक्ट्रिक भ्यान गोदावरीमा दुर्घटना

कैलाली : कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान बुधबार दिउँसो गोदावरीको भ्यागुतेपानीमा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका – १ की ३६ वर्षीय कमला निडाल, कैलालीको चुरे गाउँपालिका – ६ की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका – ८ की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Dengue

घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । इलेक्ट्रिक भ्यान ब्रेक लगाउन खोज्दा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार