माधव नेपाललाई भेट्न पुगे देउवा , नयाँ गठबन्धन बनाउन प्रस्ताव गर्ने

 धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जादैँछन् । नेकपा एसको ११ बजे बस्ने सचिवालय बैठक बस्नुअघि सभापति देउवा कोटेश्वरस्थित माधव नेपाल निवास जान लागेका हुन् ।

नेकपा एसले नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सामेल हुन औपचारिक प्रस्ताव गरेपछि माधव नेपालले बुधवार बस्ने बैठकले निर्णय गर्ने बताएका थिए ।

Dengue

देउवा माधव नेपाललाई सरकारमा सहभागि हुनबाट रोक्नको लागि नेकपा एसको बैठक बस्नुअघि उनलाई भेट्न लागेका हुन् । प्रचण्डले धोका दिएकाले नयाँ गठबन्धन बनाउनका लागि देउवाले नेपाललाई प्रस्ताव गर्नसक्ने स्रोतले बताएको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समिकरण बनाउदासम्म आफूसँग एक पटक पनि छलफल नगरेको भन्दै  नेपाल प्रचण्डसँग रुष्ट बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार