‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

धनगढी : दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्म ‘केटी हराएको सूचना’ निर्माणको घोषणा गरिएको हो ।

ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहनेछन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । नकिम उद्दिमको लगानीमा निर्माण हुने ‘केटी हराएको सूचना’ अम्बर महर्जनले छायांकन गर्नेछन् ।

Dengue

निर्माण पक्षका अनुसार फिल्मको बिहीबारदेखि काठमाडौं र जनकपुरमा छायांकन गरिनेछ । गौचनले यसअघि चर्चित टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । अभिनेता नाजिर अभिनीत फिल्म ‘अगस्त्य च्याप्टर १’ हाल प्रदर्शनरत छ । यो फिल्मबाट उनको अभियनको तारिफ भइरहेको छ । दर्शकहरूले नेपाली फिल्मले नयाँ स्वाद पस्किएको प्रतिक्रिया दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार