आगलागीले लियो ४४ जनाको ज्यान

एजेन्सी : बंगलादेशको राजधानी ढाकामा सात तले भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । बिहीबार राति लागेको आगोमा परेर उनीहरुको ज्यान गएको हो । 

घटनामा २२ जना गम्भीर घाइते भएका छन् । १३ दमकलले करिब अढाई घण्टा लगाएर आगो निभाएका थिए । 

Dengue

ग्रिन कोजी कटेज नामक भवनमा आगलागी भएपछि ७५ जनालाई बाहिर निकालिएको थियो । जसमा ४२ जना बेहोश रहेका थिए । सबैलाई ढाका मेडिकल कलेज र शेख हसिना नेशनल इस्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना गराइएकामा ४४ जनाको मृत्यु भएको हो । 

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत गर्दै अधिकारीहरुले बताएका छन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार