हमालले देखेको सपना : आगामी धनगढी

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल यति बेला नागरिक बाट वाइवाइ बटुलि रहेका छन् । हिजो रात्रिकालिन समयमा धनगढी ठूल-ठूला राष्ट्र अमेरीका, अष्ट्रेलिया भन्दा कम देखिएन । त्यो थियो ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिए पछिको दृश्य । भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको थियो। भन्सार रोड र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन्।

उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ। यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ।

Dengue

विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको छ । करिब ३ लाख लागतमा भन्सारमा र गेटमा फ्लोड लाइट जडान भएको हो ।

प्रदेशको एक मात्र उपमहानगरलाई नमुना सहर बनाउन तीनै तहको सरकारले मिलेर काम गरेको देखिन्छ । यो कार्यमा यतिखेर सुदुरपश्चिम प्रदेश सरकारको सहयोग गरीरहेको छ । धनगढी उपमहानगरपालिकाका मेयर हमालले यतिबेला सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवासंग सहकार्य गरी विकास निर्माणका कार्य अगाडी बढाएको देखिन्छ ।

स्ट्रीप लाइट जडान पश्चात् ६ लेन सडकको सुन्दरता थप बढेको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।


हमालले गरेको विकाशको शुरुवात

मेयर हमाल निर्वाचित भएर आए देखी आन्तरिक होस् या बाह्य परिवर्तन देख्न पाईएको छ । शुरुमा प्रशासनिक परिर्वतन देखियो । १० बजे कार्यालयमा पुगी जनसेवा दिनुपर्र्नेे कर्मचारी कुर्नु पर्ने अवस्था नै पविर्तन गर्न मेयर हमाल ९:३० बजे नै कार्यालयको गेटमै बसेर कर्मचारीको निरिक्षणमा लागे ।त्यो दिनबाट नै शुरु भयो सहि समयमा सहि स्थानमा कर्मचारीलाई सेवाग्राहीले भेट्ने कार्य । आन्तरिक समस्या मात्र समाधान गरेर जनता खुशी हुन्छन् र ? भन्ने प्रश्न हमालको मनमा थियो अनि उनि लागे बाह्य समस्या समाधान गर्न ।


सबै भन्दा ठूलो चुनौती थियो धनगढी बजारको मेनरोड बिस्तारका लागी सयौं घर भत्काउनु पर्ने तर हमाल विचलित नभई लागे धनगढीलाई नमुना सहरको रुपमा परिर्वतन गर्न । हुन पनी हो सुदुरपश्चिमको मुटु नै मानिने एक मात्र उपमहानगरपालिका सुन्दर बनाउनु नै थियो आँखिर । अनन्त: कयौं समस्याका बावजुद आज धनगढीको मुख्य सडक आकर्षित बन्न गैरहेको छ । मेनरोड संगै अन्य साखा सडकहरु पनी निर्माणकै अवस्थामा काम भैरहेका छन् ।

यति मात्र होइन , ६ लेन सडकमा तारजाली, वृक्षारोपण , हाम्रो धनगढी हामी बनाऔं अभियान,स्ट्रीप लाइट जडान ,उज्यालो धनगढी,शिक्षमा सुधार, वडा स्वास्थ्य क्लिनिक ,शव वहान, मुत्यु भएका विपन्न वर्गलाई ५ हजार क्रिया खर्च, शव चिस्यान ,टोल सरसफाई ,अतिक्रमण जग्गा नियन्त्रण ,बसपार्क निर्माण कार्यको थालनि ,खोलानाला नियन्त्रण , गरिब जेहन्दार बिधार्थीलाई आफुले पाउने पारश्रमिकबाट छात्रवृत्ति, प्राइभेट अस्पतालमा बिपन्न तथा गरीब बर्गका लागी फ्रि स्वास्थ्य सेवा यि यस्ता थुप्रै काम भएका छन् । यस्ता कार्यमा सम्पूर्ण वडा अध्यक्ष तथा सदस्यहरुले सहयोग गरेको उनी सुनाउछँन् ।

हमालले देखेको आगामी धनगढीको सपना

हमाल आफ्नो यो कार्यकाल स्मरण योग्य बनाउन चहान्छन् । धनगढी विकाशमा उनी स्मार्ट फार्दर बन्न चहान्छन् ।आगामी आउने धनगढी हरियाली धनगढी बनोस् ,ठाउँ ठाउँमा केटाकेटी रमाउने चिल्रेन्ड पार्क हुन् । अत्तरियाबाट होस् या कैलाली भन्सारबाट कुनै नयाँ व्यक्ति प्रवेश गर्ने बित्तिकै उसको मनले आन्नद महशुस गरोेस् । नदि नाला निर्वाहरुपमा बग्न पाउन् । यहाका धार्मिक तथा पर्यटकिर्य स्थलहरु बेहडाबाबा, शिवपुरी धाम ,बेलाताल धाम, जाखोर ताल,धनगढी पार्कमा पर्यटकको घुईचो लागोस् । हरेक नागरिककोे स्वस्थ्य,शिक्षमा पहुँच पुगोस् । यहाँको शिक्षामा गुणस्तर तथा व्यवसायिक परिवर्तन होस् । धनगढीका सडकहरु फराकिला हुन् । उधोग संचालन हुन् यि यस्ता स-सना सपना बेकेका हमाल जनतका लोकप्रिय बन्दै गएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

4%

दु :खी

4%

अचम्मित

7%

उत्साहित

4%

आक्रोशित

सम्बन्धित समाचार