निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने : मेयर बालेन्द्र शाह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरेको बताउनुभएको छ ।

भिडियो सन्देश जारी गर्दै मेयर शाहले विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका र यसमा ७ सय ४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध रहेका जानकारी गराउनुभएको हो ।

Dengue

‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक रहेको’ भन्दै मेयर शाहले पारदर्शी प्रणालीबाट त्सको कार्यान्वयनमा गर्ने बताउनुभयो ।

यदि कसैले झुटो विवरण पेस गरेर उपचार गरेको पाइए, उपचार गराउने बिरामी र उपचार गरिदिने अस्पताल दुवैलाई कारबाही हुने उहाँले बताउनुभएको छ । लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाण्डौ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

कार्यविधि कार्यान्वयनका लागि फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार