समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, अब लेबनानसँग भिड्ने

कैलाली : राष्ट्रिय महिला फुटबल टोली समूह बीको विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  

यसअघि नै लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाली टोली शनिबार प्यालेस्टाइनलाई हराउँदै समूह विजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। 

Seti Hospital

नेपालले अब सेमिफाइनलमा समूह एको उपविजेता लेबनानसँग खेल्नेछ। 

नेपालसँग हारे पनि प्यालेस्टाइन पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। प्यालेस्टाइनले भने समूह एको विजेता जोर्डनसँग खेल्नेछ। 

शनिबार राति साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० फराकिलो गोल अन्तरले हराएको हो।

नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे।

पहिलो हाफको ४१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। अन्तर्राष्ट्रिय खेलमा साम्बाको यो ५१औँ गोल हो। साम्बाले डिफेन्डर गीता रानाको लामो प्रहार प्यालेस्टाइन डिफेन्डरको मिस पासमा अनिता बस्नेतको पासमा साम्बाले किपर बिट भएको मौकामा उनलाई छलाउँदै गोल गरेकी थिइन्।

पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। 

खेलको ६०औँ मिनेटमा रेखा पौडेलको गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो। साम्बाले प्यालेस्टाइनका दुई डिफेन्डर बिट गर्दै गरेको प्रहार पहिलो बारमा लाग्दै फर्किएको बललाई रेखाले पोस्टको जाली चुमाएकी थिइन्।

खेलको ७९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। रश्मी घिसिङले दिएको पासमा साम्बाले अघि बढेको मौका छोप्दै गोल गरेकी थिइन्। 

खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी मौका पायो। विमला विकको लामो प्रहारलाई साम्बाले हेडर प्रहार गर्न खोज्दा प्यालेस्टाइनी गोलरक्षक अगाडि बढ्दै खराब ट्याकल गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो।

जुन अवसरलाई डिफेन्डर गीताले खेर जान दिइनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार