एप्पलले सार्वजनिक गर्‍यो आफ्नै स्पोर्ट्स एप, स्कोरसँगै बेटिङ पनि !

काठमाडौं : एप्पलले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट, बेटिङको सम्भावना र मुख्य खेलकुद लिगहरू समेट्ने लगायतका लागि ‘वन-स्टप’ समाधानका लागि यो एप ल्याएको हो ।

बुन्डेसलिगा, लालिगा, लिगा एमएक्स, लिग वन र सिरिया ए समेत एपमा राखिएका छन् । यस बाहेकका अन्य सेवाहरू आगामी दिनमा थप्दै लगिने उल्लेख छ । एमएलबी, एनएफएल, एनसीएएएफ, एनडब्लूएसएल र डब्लूएनबीएका आउँदा सिजनहरू पनि एपमा उपलब्ध हुने एप्पलले बताएको छ ।

Dengue

लाइभ स्पोर्ट्समा संलग्न हुने एप्पलको प्रयास अन्तर्गत यो एप सार्वजनिक भएको ठानिएको छ । कम्पनीले गत वर्ष एमएलएस सिजन पास नामक सकर स्ट्रिमिङ सर्भिस ल्याएको थियो । त्यसले सन् २०२२ देखि फ्राइडे नाइट बेसबल पनि प्रसारण गरिरहेको छ ।

एपले प्रयोगकर्तालाई खेलको प्रत्यक्ष प्रसारण हेर्न सोझै एप्पल टिभी प्लस अथवा सपोर्ट गर्ने अन्य स्ट्रिमिङ सेवामा जान सक्ने गरी खेलकुद स्ट्रिमिङ सेवालाई प्रत्यक्ष रूपमा जोडेको छ ।

यो एप आफैंले बेटिङ अर्थात् सट्‍टेबाजी सपोर्ट गर्दैन र प्रयोगकर्ताले चाहेको खण्डमा बेटिङ सम्भावना बन्द गर्न सक्ने एप्पलले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार