‘पिताम्बर’ फिल्मको छायांकन शुरू,अभिनेता प्रदीप खड्का र सौगात मल्ल दोस्रो सेड्युलमा जोडिने

कैलाली : कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायांकन शुरू भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै फिल्मको छायांकन शुरू गरिएको हो । फिल्मका बाल कलाकारले मुहूर्त सट दिएको निर्देशक चौलागाईंले बताइन् । 

पहिलो चरण अन्तर्गतको छायांकनको सेड्युल १५ दिनको हुनेछ । ​

Dengue

नवलपरासी पश्चात बुटवल र नेपालगन्जमा समेत फिल्मको छायांकन हुने निर्मात्री समेत रहेकी चौलागाईंले बताइन् । 

फिल्मको पहिलो सेड्युलमा सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् । 

‘पिताम्बर’ कृषाको ‘ऐंचो पैंचो’पश्चात दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले फिल्म केही फरक र स्पेशल बन्ने अनुमान गरिएको छ । 

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको निर्मातामा विशाल चौलागाईं छन् । तीन चरणमा फिल्मको छायांकन हुनेछ । यसपछि बाँकी छायांकन वैशाख र असार–साउनमा हुनेछ । 

यो फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार