दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात,बालीनाली सप्रिने भन्दै किसान खुसी 

कैलाली : दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ ।ती राजमार्गमा हिजाे दिउँसोदेखि हिमपात भएको हो ।

राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।

Dengue

यसैबिच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार