उपकुलपति बरालको प्रण- शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता

कैलाली : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदबहाली गरेका छन् । बिहबार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपकुलपति प्रा.डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।

Dengue

“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्राडा बरालले बताए ।

विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार