कालिकोटमा नुन पाइदैन तर कानुनको कुरा गरीन्छ, नागरिकता नहुदाँ नुन बाट बञ्चित

कालीकोट : कालीकोटमा नुन अभाव हुन थालेको छ । आपूर्ति व्यवस्था असहज भएपछि जिल्लामा नुन अभाव भएको हो । नुन किन्न सर्वसाधारणले नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने नियम/कानुन बनाइएको छ ।

प्रति परिवार पाइने ११ किलो नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ किलो नुन प्राप्त गर्ने छन् ।

Dengue

प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट पाउन थालेका हुन् । कालीकोटको खाँडाचक्र नगरपालिका–१०, चौकीका ६२ वर्षीय जगबहादुर शाही नागरिकताको प्रतिलिपि नहुँदा नुन लिनबाट वञ्चित भए । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा डेढ घण्टा लाइनमा उभिए पनि उनी नुनबिना घर फर्किनु पर्यो ।

पलाँता गाउँपालिका–५ की अस्मिता बमले दुई दिन लगाएर ११ केजी नुन लिन सदरमुकाम मान्म आएको बताइन्  । उनले गाडी भाडा र खाना खर्च गरी तीन हजार रुपियाँभन्दा बढी खर्च भएको सुनाइन् ।

कालीकोटमा नुन लिन नेपाली नागरिकता अनिवार्य गरिएकोमा सर्वसाधारणले भने दुःख व्यक्त गरेका छन् । शुभकालिका गाउँपालिकाकी नान्धरा शाहीले काखमा बच्चा च्यापेर नुन लिन आउँदा नागरिकता नभएपछि नुन पाउन नसकेको बताइन्  ।

नुनको कोटा कम र माग बढेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले नुन लिन आउनेलाई नागरिकता अनिवार्य गरेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार