डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय

बार्सिलोना : बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ ।

४० वर्षीय आल्भेजलाई बिहिबार बार्सिलोनास्थित अदालतले साढे ४ वर्षको जेल सजाय सुनाएको हो ।आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

Dengue

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरेपनि २३ वर्षीय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पीडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । आल्भेजका वकिलहरूले भने आफूहरूले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार