कैलाली : पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा पनि नेपालले उत्कृष्ट फुटबल पस्किएको छ ।
खेलको १६मिनेटभित्रै नेपालले इराकको गोलपोष्टमा दुई गोल गरिसकेको छ । यसपटक पुनः सावित्रा भण्डारीले आफूलाई उत्कृष्ट प्रदर्शन गर्दै दुई मिनेटको अन्तरालमा दुई गोल गरेकी छिन् ।
१४औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । मध्यभागबाट प्राप्त पासलाई एक्लै बल अगाडि बढाएकी सावित्राले इराकको पोष्टमा दोस्रो बारमा उत्कृष्ट फिनिसिङ गरिन् ।
त्यसको दुई मिनेटभित्रै १६ औँ मिनेटमा इराकी डिफेन्डरको गल्तीको मौका उठाउँदै सावित्राले पहिलो बारबाट बललाई जाली चुमाइन् । यसअघि सिरियासँगको खेलामा पनि नेपालले १९ मिनेटभित्र तीन गोलको अग्रता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्