अछाममा पुगेर राष्ट्रपति पौडेलले गरे कोटीहोम महायज्ञ उद्घाटन (फोटो फिचर)

अछाम : राष्ट्रपति रामचन्द्र पौडेलले अछाममा लागेको कोटीहोम महायज्ञको उद्घाटन गरेका छन्। बिहीबार देखि अछामको साँफेबगर नगरपालिकामा रहेको वैद्यनाथ धाममा सुरु भएको कोटिहोमको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन्।

महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा आर्थिक विकासका लागि प्रमुख स्रोत धार्मिक पर्यटन रहेको बताएका छन्। उनले धार्मिक पर्यटनको विकासका लागि पुर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए।

Dengue

धार्मिक पर्यटनको प्रयाप्त सम्भावना रहेको नेपालमा धार्मिक पर्यटनको विकास गर्न सके युवाहरुले विदेश जानू पर्ने अवस्थाको समेत अन्त्य हुने राष्ट्रपतिको भनाइ छ।

महायज्ञ उद्घाटन समारोहमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व उपप्रधानमन्त्री भीम रावलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

बिहीवार सुरु भएको कोटिहोम यही फागुन २५ गतेसम्म सञ्चालन हुने छ। शिवरात्रिको दिनसम्म कोटिहोमको आयोजना गरिएको हो। पौराणिक, धार्मिक, ऐतिहासिक,सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको हो।

बैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसारका लागि कोटीहोम लगाइएको जनाइएको छ।कोटीहोममा एक करोड ५० लाख खर्च हुने तथा ५० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार