पतीसँग कलह भएपछि आत्महत्याको बाटो,बालविवाहले उजाडियो जीवन

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर एक किशोरको मायाजालमा परिन्। गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा अन्धाे भएकी उनले ती किशोरसँग गत बैशाखमा बिहे गरेकी थिइन्। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। तर, बिहे भने पारिवारिक मञ्जुरीविनै भागेर भएको थियो।

सुरुमा उनीहरुको वैवाहिक जीवन राम्रैसँग चलेको थियो। तर, बिस्तारै उनीहरुको सम्बन्ध चिँसिदै गयो। किशोरसहित उनका परिवारले किशोरीलाई हेप्न थाले। विभिन्न यातना तथा रुखो व्यवहारका कारण भुवनेश्वरी अमरगढी–१ घर भएका पतीको घर छाडेर यही फागुन ७ गते माइत फर्केकी थिइन्।

Dengue

फर्कनुभन्दा पनि किशोरका परिवारले उनलाई घरनिकाला गरेको भुवनेश्वरीका हजुरबुवा दिलबहादुर ऐरले बताए। उनका अनुसार उनका पतीले घरबाट लखेट्दै लुगाफाटोसमेत फालेपछि किशोरी माइत फर्केकी थिइन्।

एक त सानै उमेरमा बिहे, त्यसमाथि समाजको त्रास सहन नसक्ने भएपछि ती किशोरीले माइत आएको भोलिपल्टै आत्महत्याको बाटो रोजेकी छिन्। उनको शव घर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। दुई छोरी, त्योमा पनि एकले यस्तो कठोर निर्णय लिएपछि उनको परिवार अहिले विक्षिप्त बनेको छ।

उक्त घटनापछि परिवार उजुरी दिन सरकारी वकिल कार्यालय गएका थिए। किशोर नाबालिग भएका कारण कार्यालयले उजुरी लिन नमानेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा हालसम्म जाहेरी नआएको र आएमा अनुसन्धान अघि बढाउने बताइएको छ। डडेल्धुरा प्रहरीका प्रवक्ता कुसुम नायकले पोष्टमार्टम रिपोर्ट नआएको र जाहेरी आए अनुसन्धान गर्ने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार