श्रीमती, छोरी र नातिनीलाई ओछ्यानमै मारेर छोरा र सालोलाई पठाए राजुले घटनाको भिडिओ

काठमाडौं : काठमाडौंको सीतापाइलामा आफ्नै परिवारका ३ जनाको हत्या गरेर राजु घिमिरेले भिडिओ विदेशमा रहेका छोरा र सालोलाई घटनाको बीभत्स भिडिओ पठाएर जानकारी दिएका छन् ।

उनले आत्महत्या गर्नुअघि हत्या गरेका श्रीमती, छोरी र नातिनीको मृत शरीरको भिडिओ ह्वाट्एप मार्फत पठाएका हुन् ।

Dengue

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईँको घरमा डेरामा बस्दै आएका राजुले बुधबार बिहान ७ बजे परिवारको हत्या गरेका थिए ।

घन, रड, चक्कू प्रहार गरी श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या गरेका थिए । लगतै उनले विदेशमा रहेका २१ वर्षिय छोरा मृतक शिवानीको बुबालाई भिडिओ पठाएका थिए ।

यस्तै उनले श्रीमतीको भाइलाई समेत भिडिओ पठाए । खाटमा एकै ठाउँमा लहरै सुतेकै अवस्थामा उनले हत्या गरेका भिडिओ पठाएको प्रहरीले जनाएको छ ।

ईश्वरीको श्रीमान् राजु घिमिरे पनि आधाघन्टा माथि रहेको जङ्गलमा आत्महत्या गरेका छन् । उनले आफूले हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

राजुले ससुरालाई भने फोनमार्फत जानकारी गराएका थिए । ‘मैले तिम्रो छोरी र बच्चा मार्दिएँ, अब म नि मर्न जाँदै छु’ उनले फोनमा भनेका थिए ।

हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । अहिले घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार