काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
गत माघ २५ गतेको मन्त्रिपरिषद् बैठकले थापालाई रथीमा बढुवा गरेको थियो। पदोन्नतिसँगै रथी थापा बलाध्यक्ष विभागमा नियुक्त भएको नेपाली सेनाले जनाको छ।
हालः उनी UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE (UNDOF) मिशनको प्रमुखको रूपमा कार्यरत छन्। उनी वि.सं.२०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस्