चितवनमा फेरी डर लाग्दो घटना : घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिए

चितवन : चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको डर लाग्दो अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान ७ बजेतिर खैरहनी नगरपालिका-२ चैनपुरस्थित हर्बल कम्पनीको पर्खालनजिकै २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

Dengue

मृतकको घाँटीमा तरकारी काट्ने चक्कु गडेको उनले बताए।घटनास्थल मृतकको घरबाट अन्दाजी ५०० मिटर छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भावेश रिमालसहितको अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

अहिले हेटौंडाबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएको छ। त्यस्तै, प्रहरीले घटनास्थलमा चिकित्सकको टोली पनि बोलाएको छ। डिएसपी भण्डारीका अनुसार मृतक खनाल ३ बजेतिर ब्युँझिएर शौचालय गएका थिए। बिहान करिब ५ बजेतिर भने उनी घरमा फेला परेका थिएनन्।

‘बिहान मृतकका बुवाले घरमा हेर्दा फेला पारेका थिएनन्। घरका ढोकाहरू पनि खुला नै थिए। केही दिन अघि मात्रै उपचार गराई डिप्रेसनको औषधि खान थालेको भनेर भनेका छन्,’ उनले भने। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार