अफगानिस्तानविरुद्ध श्रीलंकाको सहज जित, एक खेलअगावै आफ्नो पक्षमा पार्‍यो सिरिज

धनगढी : अफगानिस्तानविरुद्धको तीन खेलको टी–२० आई सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको दोस्रो खेलमा अफगानिस्तानलाई ७२ रनले हराउँदै श्रीलंकाले सिरिज एक खेल अगावै जितको हो ।  

डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।  

Dengue

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि पाथुम निसान्का र कुसल मेन्डिसले तीव्र गतिमा रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।

चौथो ओभरमा ११ बलमा २५ रन बनाएका निसान्का आउट भएसँगै यो साझेदारी तोडियो  । यस्तै, मेन्डिसले १४ बलमा २३ रन बनाए । धनञ्जय डि सिल्भा १४ रन बनाएर १० औं ओभरमा ८६ रनको स्कोरमा तेस्रो विकेटका रूपमा आउट भए ।   

कप्तान वानिन्दु हसरङ्गाले सदिरा समराविक्रमासँग मिलेर ९ बलमा २२ रन बनाएर स्कोरलाई १ सय रनभन्दा माथि पुर्‍याए । उनी टिमको स्कोर ११० भएका बेला आउट भए ।

चारिथ असालान्का मात्र ४ रन बनाएर आउट भए । त्यहाँबाट समरविक्रमलाई साथ दिन आएका एन्जेलो म्याथ्युजले छिटो रन बनाउने काम गरे । यी  दुईले स्कोर १८० भन्दा माथि पुर्‍याएका थिए । समरविक्रमले ५१ रनको इनिङ खेले । योसँगै म्याथ्युजले २२ बलमा ४२ रन बनाए । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई र मोहमद नाबीले दुई/दुई विकेट लिए । 

जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको इनिङ सुरुदेखि नै खस्कियो । ३१ रन बनाउँदा ५ विकेट गुमेको थियो । मोहम्मद नाबी र करिम जनतले छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गर्दै स्कोरलाई ७० पुर्‍याएका थिए । नाबीले १७ बलमा २७ रनको इनिङ खेले ।   

जनतले २३ बलमा २८ रनको योगदान दिए । तल्लो क्रमका ब्याटर पनि लामो समय टिक्न सकेनन् । जसका कारण तीन ओभर बाँकी रहँदा अफगानिस्तान अलआउट भयो ।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले दुई/दुई विकेट लिए । यी दुई सफलतासँगै हसरंगाले टी–२० आईमा १ विकेटको आँकडा पनि पूरा गरेका छन् । 

पहिलो टी–२० आईमा श्रीलंका ४ रनले विजयी भएको थियो । श्रीलंका र अफगानिस्तानबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार