टाउको काटेर गाडेको अवस्थामा युवकको शव फेला

कपिलवस्तु : हत्यापश्चात जलाएर गाडिएको अवस्थामा युवकको शव फेला परेको छ। कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिण तर्फको नहरको कुलोमा शव फेला परेको हो। शवको टाउको नरहेको र बाँकी शरीर कुलोमा खाल्टो खनेर गाडेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। 

नहरमा गाडिएको सो शवको घुँडाको भाग मात्र देखिएको थियो। अन्यत्रै हत्या गरी टाउको काटेर कुलोमा खाल्डो खनी गाडिएको प्रहरी नायब उपरीक्षक वलीले बताए। निलो मोटो जिन्सको जकेट लगाएको, हातमा रक्षा सुत्र डोरी बाँधेको करीब २५ वर्षीय युवकको शव रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। पोष्टमार्टमका लागि शव बुटवल पठाइएको प्रहरीले जनाएको छ।  

Dengue

शव फेला परे लगत्तै तालिम प्राप्त कुकुर, विशेषज्ञ मेडिकल चिकित्सक, सरकारी वकिल लगायतको टोली सो स्थानमा पुगेको थियो। हत्यामा संलग्न रहेकाहरूको पहिचान गर्न सो क्षेत्रमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। घटना बारे सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। केही दिनअघि घरबाट हराएका एक युवकको परिवार सम्पर्कमा आएको र उनीहरुलाई शव पहिचानका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार