बालिका बलात्कार आरोपमा पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ

काठमाडौं- बालिका बलात्कार आरोपमा पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।

मकवानपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली मरिन गाउँपालिका-७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

Dengue

गत मंसिर दोस्रो साता पीडित पक्षले उजुरी दर्ता गरेको थियो । फागुन ४ गते श्रेष्ठलाई पक्राउ गरेर पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी शान्ति प्रक्रिया अघि बढेपछि माओवादी लडाकुलाई राखिएको दुधौली शिविरमा थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार