सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग शेखर कोइरालाले गरे छलफल

धनगढी : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन्। महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ।

छलफलमा पुष्प शाह-अछाम, पदम बोगटी-कञ्चनपुर, चतुरबहादुर चन्द-बैतडी, भीम साउद-डडेल्धुरा, रामसिंह रावल-बाजुरा, खड्ग बोहरा-बझाङ, नरेन्द्रबहादुर सिंह-डोटी र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

Dengue

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्दैछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार