मन्त्री ज्वालालाई बर्खास्त गर्न चर्को दबाब, एकीकृत समाजवादी पनि छलफलमा

धनगढी : संसद्का विपक्षी दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अन्यथा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले मन्त्री ज्वालाको राजीनामा माग गरेका हुन् । 

आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटना छानबिन गर्न गठित समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए । यस्तै रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि ज्वालालाई बर्खास्त गर्न माग गरे । उनलाई छानबिन समितिले दोषी देखाएकाले पदबाट हटाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने चर्को माग छ । 

Dengue

यस विषयमा प्रधानमन्त्रीले संसदमा बोल्दै प्रतिवेदन हेरेर आवश्यक निर्णय लिने बताएका छन् । 
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल सुरु गरेको छ । पार्टीको आन्तरिक बैठकमा  मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी  उपाध्यक्ष प्रमेश हमालले  जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार