दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको हो।
दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निर्माण सेवा कम्पनीका ओभरसियर धनुषा नारायण नगरपालिका-५ गमरखोली बस्ने ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्