एलओडीमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुति दिने

धनगढी : ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुति दिने भएका छन् । क्लबमा आगामी बुधबार अर्थात् फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुति दिन लागेका हुन् ।

वाल्सी फायर डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । उनी जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत हुन् । उनको समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहनेछन् । मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन् ।

Dengue

उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन् । जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ । उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू छन् ।  यी गीतहरूमध्ये ‘लीन अन’ ३.५ बिलियन भ्युज छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ ।

क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि शुरू हुने जानकारी दिए । 

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् ।

त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए। 

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार