प्रजातन्त्र दिवसमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्र भने “जनता जनार्दनले जे भन्दछन्— त्यो सुनौं”

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएक छन् । उनले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन् ।

 पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनु पर्नेमा जोड दिएका छन् । 

‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ’, ७४ औँ प्रजातन्त्र दिवसको पूर्वराजाको भनाइ छ । 

सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहने पूर्वराजाले शुभकामनामा उल्लेख गरेका छन् । 

पूर्वराजाले सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्नेमा जोड दिएका छन् ।  आ—आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ—आफ्नो सामाजिक संरचना मुताविक शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनुपर्नेमा पूर्वराजाको जोड छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार