रुकुमबाट दयाहाङ र मिरुनाका ‘घरज्वाइँ’ सुरु

धनगढी : अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर यतिबेला पूर्वी रुकुममा छन् । त्यहाँबाट शनिबारदेखि नयाँ चलचित्र ‘घरज्वाइँ’को छायांकन सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार पूर्वी रुकुमको लुगममा यो चलचित्रको शनिबार क्यामरा पूजा गरेर छायांकन थालिएको हो ।

यो चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।

Dengue

यो चलिचत्र मगर संस्कृतिमा आधारित रहेकाले मगरको बाहुल्यता रहेको लुगम गाउँमा छायांकन गरिएको हो । एक महिनामा छायांकन सक्ने निर्माण पक्षको योजना रहेको छ ।

घरज्वाइँलाई अनिल बुढामगरको निर्देशन गरिरहेका छन् । यो चलचित्रलाई पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने अनिलले बताएका छन् ।

सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दै छ । जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार