नेपाल ‘ए’ टिमको पहिलो खेल आज मुलपानीमा, कस्तो रहलाँ क्यानडाविरुद्ध आजको प्रर्दशन ?

धनगढी : नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । थप दुई खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

Galaxy

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार