एन्ड्रोइड १५ मा नयाँ के आउँदै छ ?

धनगढी : गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करण एन्ड्रोइड १५ का लागि काम गरिरहेको छ । कम्पनीले हालै एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ ।

यो प्रिभ्युले आगामी संस्करण कस्तो आउँदैछ भनेर एक झलक देखाएको छ । यसअन्तर्गत नयाँ सफ्टवेयरमा सुधारिएको क्यामेरा पर्फमेन्स, प्रयोगकर्ताको गोपनीयता, डिभाइस सुरक्षासँगै ग्राफिक्स, डिस्प्ले, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता सुविधाहरू परिस्कृत भएर आउँदैछन् ।

Dengue

कम्पनीका अनुसार एन्ड्रोइड १५ बाट सञ्चालन हुने स्मार्टफोनले अँध्यारोमा पनि उत्कृष्ट तस्वीर खिच्ने तथा फ्ल्यासलाई राम्रोसँग नियन्त्रण गर्न सक्नेछ । त्यस्तै एन्ड्रोइड १५ का कारण तपाईँको डिभाइस म्युजिकल इन्स्ट्रुमेन्ट अर्थात् संगीत वाद्ययन्त्र बन्नेछ । किनभने यसमा संगीत सम्बन्धी आकर्षक सुविधा समावेश हुँदैछन् ।

त्यस्तै गुगलले नयाँ एन्ड्रोइड संस्करणमा प्रयोगकर्ताको गोपनीयता सम्बन्धी फिचर राख्दै छ । यो अपडेटले तपाईंको फोनलाई खराब नियत भएका साइबर अपराधीहरूसँग लड्न र डिभाइस सुरक्षित राख्न मद्दत गर्नेछ । कम्पनीका अनुसार तपाईंले स्क्रिन रेकर्ड गर्दा आफ्नो स्क्रिनको केही अंश मात्र शेयर गर्ने विकल्प छनोट गर्न सक्नुहुन्छ । 

एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु पिक्सेल स्मार्टफोनहरूका लागि उपलब्ध छ । यद्यपि यो डेभलपरहरूले आफ्ना एपहरू परीक्षण गर्नका लागि सार्वजनिक गरिएको हो । यसर्थ यसमा  धेरै कमजोरी (बगहरू) हुन सक्छन् । गुगलले आउँदो मार्चमा अर्को प्रिभ्यु आउने र अप्रिलमा बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार