आयोजकले जित्यो दिल्पेश्वर भलिबलको उपाधि

डोटी : दिल्पेश्वर भलिबल लिगको उपाधि आयोजक दिल्पेश्वर स्पोर्टस क्लवले हात पारेको छ । शनिबार दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा शिखर नगरपालिकालाई हराउँदै दिल्पेश्वर स्पोर्टस क्लबले उपाधि चुमेको हो । 

उपाधीसँगै क्लबले १ लाख ११ हजार रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको शिखर नगरपालिकाको टिमले ५० हजार नगद र तृतीय स्थान प्राप्त गरेको नेपाली सेनाको श्री नं. ५ बाहिनी अड्डा राजपुरले २५ हजार पाए ।

Dengue

भलिबेल खेल सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सबैभन्दा बढी खेलिने विधा हो । प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगीतामा डोटीले लगातार ३ वर्ष उपाधि चुमेको छ ।

दर्शकहरुले खचाखच भरिएको दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा सुरूको सेट शिखरले २५ /१६ प्वाइन्टको फराकिलो अन्तरले जित सुरूवात गरेको थियो । तर त्यस पछिका तीन सेटमा लगातार आयोजकले २५/११, २५/२३,२५/१७ को अन्तरमा शिखरलाई पराजय गर्दै उपाधि जितेको थियो ।

माघ २९ गतेदेखि सुरु प्रतियोगितामा १५ टिम सहभागी रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार